कतारका राजकुमार हेलिकप्टरबाट आधार शिविरमा

काठमाडौं–कोभिडको कारण थला परेको पर्यटन क्षेत्र क्रमशः तंग्रिने देखिएको छ । कोरोना टेष्ट गरेर नेगेटिभ आएका विदेशी पर्यटकलाई पनि आउन प्रवेश दिएपछि विदेशी पर्यटकहरु नेपाल आउन थालेका छन् ।

पछिल्लो साता नेपालमा भिआइपी विदेशी पर्यटक आगमन सुरु भएको छ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम अहिले नेपालमा छन् । उनी हिमाल आरोहण गर्न आएका हुन् । उनी हेलिकप्टरबाट आधार पुगेका हुन् । राजकुमारसँग करिब एक दर्जन विदेशी आधार शिविर पुगेका छन् । यस अघि बहराइनका राजकुमार कोभिडकै बीच नेपाल आएर फर्किएका छन् ।

राजकुमारले आमादब्लम हिमाल आरोहण गर्ने भएका छन् । उनको आरोहणको प्रबन्ध हिमालयन गाइड्स नेपालले मिलाएको छ । आमादब्लम हिमाल सोलुखुम्बु जिल्लामा पर्छ । यसको उचार्य ६ हजार ८ सय १२ मिटर रहेको छ ।

प्रतिक्रिया