तिहार अघिनै नेकपा विभाजन हुने संकेत

पूर्व माओवादी र पूर्व एमाले मिलेर बनेको नेकपा विधिवत् रुपमा एक नहुँदै फुटको संघारमा पुगेको छ । पछिल्ला दिनहरूमा आएका नेताका अभिव्यक्तिले नेकपा भित्र चरम संकट रहेको अनुमान लगाउन कठिन छैन ।

हिजो विभिन्न मिडिया सर्बाजिक भएको समाचार अनुसार ओलीले पाटी फुट्ने संकेत दाहाललाई दिई सकेका छन् ।

खुमलटारमा केही नेताहरु सँग यस्तो बताएको स्रोतले उल्लेख गरेको छ । उता ओली पक्षले भने दाहालले प्रधानमन्त्री पद मागेको दाबी गरेको छ ।

अहिले ओली सरकार र दाहाल पाटीको नेतृत्त्वमा छन् । ओलीले स्थायी समिति बैठक बोलाउन पनि नमान्ने साथै पाटीको निर्देशन समेत मान्दिन भनेको कारण समस्या भएको दाहालको गुनासो छ ।

केही समय पहिला पनि फुटको नजिक पुगेको नेकापालाई केही आन्तरिक सहमतिको आधारमा टालटुल पारिएको थियो । अहिले त पाटी साच्चिकै संकटमा पुगेको अनुमान गर्न सकिन्छ । महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले समेत आफ्नो सामाजिक सञ्जाल मार्फत यो कुराको संकेत गरिसकेका छन् ।

प्रतिक्रिया