परापूर्व काल देखि मानिस र जनावर बीच घनिष्ट सम्बन्ध रहँदै आएको छ । त्यस माथि कुकुर मानिसको सबै भन्दा नजीकको साथी हो ।
प्राय सबैले घरमा कुकुर पाल्ने चलन छ । कुकुरले आफ्ना मालिकको रक्षा गरेको समाचार त हामी सुन्दै आएका छौं तर कुकुरको लागि एक मालिकले आफ्नो ज्यान दिएको खबर पहिलोपटक सुन्दै छौं ।
यो भारतको उत्तर प्रदेशको छिन्दवाडा जिल्लाको घटना हो । सोमदेव नाम गरेका ती व्यक्तिको दुई दिनदेखि हराइरहेको कुकुर मृत फेला परेपछि निकै नै दुखित थिए । त्यो पीडा सहन नसकेर उनले आफ्नो ज्यान दिए ।
कुकुर मारेको पीडामा रहेका उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।