दीपक वसन्त कार्कीको बिग बजेटमा बनेको हिरो हिरोनीको काम अन्तिम चरणमा

ठूलो लगानीमा दीपिका म्युजिक बाट आउन लागेको नया गीत हिरो हिरोनी को काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीका प्रमुख दीपक कँडेलले दिएको जानकारी अनुसार अहिले गीतको अन्तिम तयारी भै रहेको छ ।

सात लाख भन्दा धेरै खर्च गरिएको सो गीतमा दीपक वसन्त कार्कीको लय तथा शब्द सिर्जना रहेको छ भने गीतलाई दीपक र समिक्षाले आवाज दिएका छन् ।

काजिस श्रेष्ठको निर्देशन रहेको गीतमा पल शाह र दीपिका प्रसाईंले अभिनय गरेका छन् ।

प्रतिक्रिया