सबैले आमालाई भगवानको रूपमा हेर्छन् । आमा बुवाको आँसु खस्न दिनु हुँदैन् यसले पाप लाग्छ भन्ने मान्यता छ । तर यही समाजमा कोही यस्ता मान्छेहरू पनि छन् जसले तिनै आमा माथि सोच्नै नसकिने अपराध गर्छन ।
यस्तै घटना भर्खर मात्र सार्वजनिक भएको छ । एक छोराले आफ्नी श्रीमतीलाई बोक्सि लगाएको भन्दै ९० वर्षीय आमालाई कुटपिट मात्र गरेनन् दिसा खुवाउने प्रयास समेत गरे ।
घटना हो सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी साह सोनारको । उनी आफ्ना दुई छोराहरू छुट्टिए पछि एक्लै बस्दै आइरहेकी थिएन ।
उनका छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा घाउ भएको थियो । घाउ आमाले बोक्सि लगातार यस्तो भएकै भन्दै आमामाथि दुर्व्यवहार गरेका हुन । यो खबर आज नयाँपत्रिका को मुख्य खबरमा छापिएको छ ।