मुटुनै चसक्क छुने शब्द सहित नयाँ गीत – लाहुर जाने मदनहरु

यसो त शब्दको कुरा गर्दा सर्जक शिव अखेलीले निकै सरल र दमदार शब्द कोर्छन् ।

यस्तै उत्कृष्ट शब्द र लय सहित गीत लाहुर जाने मदनहरू भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई प्रभात हमालले लय सिर्जना गरेका छन् ।

गीत ईश्वर सिंह र अमृता नेपालीले आवाज दिएका छन् । गीतको म्युजिक भिडियो निर्देशन तारानाथ आचार्यले गरेका छन् । गीतमा आधा दर्जन भन्दा धेरै कलाकारहरुले अभिनय गरेका छन् । गीतमा विदेश जाने नेपालीको कथालाई उत्कृष्ट रुपमा उठाइएको छ ।

प्रतिक्रिया