प्रधानमन्त्री ओली फेरि संकटको घेरामा,आफ्नै पार्टी भित्रबाट अविश्वासको प्रस्ताव ल्याउने तयारी

राष्ट्रिय हित विपरित चलेको भन्दै प्रधानमन्त्री ओली माथि पार्टी भित्रबाट अविश्वासको प्रस्ताव दर्ता हुने चर्चा चलेको छ ।

पाटीको निर्णय नमानेको,भारतीय जासुसलाई भेटेको साथै कर्णाली प्रदेशमा सरकार माथि षड्यन्त्र गरेको आरोप लाग्ने गरेको छ ।

नेकपा कार्यकारी अध्यक्ष दाहाल र माधव कुमार नेपाल पक्षले हस्ताक्षर अभियान चलाएको नेकपा निकट स्रोतले बताएको छ ।

संविधानको धारा १०० मा प्रधानमन्त्री विरुद्ध संसदमा तत्काल कायम रहेको सदस्य संख्याको एक चौथाई सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने प्रावधान रहेको छ । दाहाल नेपाल पक्षा मिल्यो भने त्यो संख्या पुग्ने देखिन्छ । यदि त्यसो भयो भने ओली नेतृत्वको सरकार ढल्ने निश्चित छ ।

प्रतिक्रिया