विद्युतीय गाडीको आयातमा वृद्धि, पाँच महिनामा ११ अर्बको कारोबार

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको अवधिमा नेपालमा ४ हजार ६९७ युनिट विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म कार, जिप र भ्यान गरी ११ अर्ब २७ करोड रुपैयाँ बराबरका ईभी (विद्युतीय गाडी) नेपाल भित्रिएका हुन्।

विद्युतीय गाडी आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको यही अवधिमा ३ हजार ६८६ युनिट ईभी आयात भएका थिए। यससँगै यो वर्ष सोही अवधिमा विद्युतीय गाडीको आयात संख्या १ हजार ११ युनिटले वृद्धि भएको छ।

गत वर्षको पाँच महिनामा नेपालले ९ अर्ब १० करोड रुपैयाँ बराबरका विद्युतीय गाडी आयात गरेको थियो। यस वर्ष आयातमा मात्र वृद्धि नभई राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ। विद्युतीय सवारीसाधनको बढ्दो आयातले नेपालमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको सङ्केत गरेको छ।

प्रतिक्रिया