फेरि फुटको संघारमा नेकपा,दाहालले भने एक्ला एक्लै भेट्नुको अर्थ छैन

जुटेको लामो समय नपुग्दै नेकपामा फुटको संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको दूरीसँगै त्यो पाटीमा पुन् संकटमा देखिएको हो ।

दाहाल ओली बीच विगतमा एक्ला एक्लै भेटवार्ता भए पनि दस दिन यता दुई नेता दुईबीच कुनै भेटवार्ता भएको छैन तर एक अर्काले सन्देश को आदान प्रदान भने निरन्तर गरिरहेका छन् ।

दाहाल पक्ष ओलीले विगतको सम्झौताहरु कार्यान्वयन नगरेको प्रति निकै रुष्ट छ । यति मात्र होइन पछिल्लो समय पुनर्गठित मन्त्रिपरिषदमा पनि आफू निकटका मन्त्रीहरु नपरेको भन्दै दाहाल पक्षमा असन्तुष्ट देखिएको छ ।

भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरीत भेट तथा पर्सामा पूर्व माओवादी निकट नेताको हत्यालाई लिएर समेत दुई अध्यक्ष बीच टकराव परिरहेको छ ।

प्रतिक्रिया