करिब पाँच दिन लामो सार्वजनिक बिदा पछि खुलेको सेयर मार्केटमा रौनक देखिएको छ । सेयर बजारका अधिकांश सूचकहरु चम्केका छन् भने नेप्से ४१ अङ्क भन्दा धेरैले बढेको छ ।
केही दिनको संचित पुँजीलाई लगानीकर्ताहरुले सेयर खनाएको अनुमान सहजै लगाउन सकिन्छ । कारोबारमा उल्लेख्य वृद्धि नभए पनि नेप्सेले भने राम्रो अंकको वृद्धि कायम गरेको छ । अघिल्लो साता पनि शेयरले उछालको साथ बजार बन्द भएको थियो ।
आज नेप्से ४१.२० अंकको विशाल बृद्धि भएको छ । आज २ अर्ब ७७ करोड भन्दा धेरै रकम बराबरको कारोबार भएको छ । १ सय ८८ कम्पनीहरुको करिव ९३ लाख २२ हजार बराबर शेयरको कारोवार भएको छ । आज तीन कम्पनीहरुको दश प्रतिशत शेयर मूल्य बढेको छ भने ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।