बिहानी मौसमले यो वर्षको चिसो बढेको संकेत गरेको छ । आज उपत्यकामा न्यूनतम् तापक्रम यो वर्षकै न्यून ११.४ मापन गरिएको छ ।
आज कार्तिक १२ गते समेत हो । मंसीर,पुस र माघ महिना अत्याधिक चिसो हुने गरेको छ ।
चिसो बढे पनि दिनमा भने तापक्रम सुधार हुने गरेको छ । अहिले देशै भर घाम लागिरहेका छन् । अबका दिनमा क्रमश चिसो बढ्दै जाने मौसम विधहरुके जनाएका छन् ।
उपत्यका न्यूनतम तापक्रम शून्य सम्म झरेको रेकर्ड रहेको छ । अब पानी परे पछि चिसो झन् बढ्ने मौसम विधहरुको भनाइ छ ।