कोरोना महामारीले विश्वलाई मर्माहत बनाएको बेला यसविरुद्ध खोपको सबैले चासो दिइरहेको छन् ।
रूस,चीन,अमेरिका र बेलायत खोप बनाउने दौडको अग्रपंतिमा रहेका छन् भने अन्य देशहरुले पनि खोपको विकास गरिरहे छन् ।
सन् 2020 को अन्त्य सम्ममा कोरोना भाइरस बिरुद्दको खोप आइसक्ने धेरैले अनुमान गरेका छन् भने केही अहिले अन्तिम परीक्षामा रहेका छन् । जोनसन र अक्सफो्ड को खोप अन्तिम परिक्षणमा समय आए पछि रोकिएका थिए भने अहिले पुनः सुरु भएको छ ।
यो दौडमा चीन र रुस पनि सबैभन्दा अगाडि छन् । रूस पहिले भ्याक्सिन स्पुतिनीक सार्वजनिक गर्ने देश हो । यो खोपको अहिले धमाधम उत्पादन भइरहेको स्रोतले दाबी छ ।