तीज र दशैंको गीतको सफलता पछि पुरुषोत्तम को तिहार विषेश गीत सम्झनाको साथ

तीज र दशैंको गीतमा श्रोता दर्शकको अत्यधिक माया पाउन सफल गायक पुरुषोत्तम पौडेलले तिहार विशेष गीत लिएर दर्शकमाझ आएका छन् ।

उनलाई आवाजमा लोकप्रिय गायिका सम्झना भण्डारीले साथ दिएकी छन् ।

नेपालीहरूको महान पर्व विजयादशमी भर्खरमात्र बिदा भएर जाने क्रममा रहेको छ । योसँगै नेपालीहरूको अर्को महान पर्व शुभ दीपावली आउँदैछ शुभदिपावलीमा देवसी भैलो खेलेर रमाइलो गर्ने चलन छ । यही चाडलाई मध्यनजर गर्दै पौडेलले तिहार विशेष गित सार्वजनिक गरेका हुन् । गीतमा पुरुषोत्तम पौडेल र सम्झना भण्डारीको आवाज रहेको छ । गीतलाई शिव पौडेलले शब्द सिर्जना गरेका हुन् भने गायक स्वयंले लय सिर्जना गरेका छ ।

गीतको निर्देशन अहिलेका लोकप्रिय निर्देशक कपिल लामाले गरेका छन् । गीत सार्वजनिक भएको छोटो समयमै धेरैको मन जित्न भइसकेको छ ।

प्रतिक्रिया