प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका तथा जमरा लगाउनु भएको छ ।
नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा उहाँले राष्ट्रपति भण्डारी दिवास मा पुगेर उहाँको हातबाट टीका तथा जमरा लगाउनु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको हातबाट ओली र उहाँकी श्रीमतीले टिका तथा जमरा लिएको पुष्टि गरेको छ । ओलीलाई भण्डारीले जमराको माला र टिका लगाई दिनु भएको थियो ।