आज विजय दशमी,टिका र जमरा ग्रहण गरी मनाइँदै,शुभ साईत १०:१९

आज विजयादशमी असत्यमाथि सत्य ले जीत प्राप्त गरेको दिनको अवसरमा मनाईने गरिन्छ । दुर्गा भवानीको प्रसाद स्वरूप टिका र जमरा लगाइन्छ । आफू भन्दा ठूला र मान्य जन बाट टिका लगाइन्छ ।

कोरोना महामारीले गर्दा यो वर्ष विगतमा जस्तो रौनक छैन । सरकारले आफू बसेकै ठाउँबाट दशै मनाउन अनुरोध गरेको छ । आज दिन भरी टिक लगाउनु शुभ हुने र उत्तम साईत खोज्नेको लागि १०:१९ सबै भन्दा राम्रो समय रहेको छ ।

नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन ।

नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ ।

प्रतिक्रिया