दशैंको टीका लगाउने शुभ साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको विजया दशमीको शुभ साईत सोमबार बिहान १०:१९ मा रहेको जानकारी दिएको छ ।

समितिले सोमबार दिन भर शुभहुने हुँदा जुनसुकै समय टीका लगाउन सकिने समेत बताएको छ ।

कोरोना महामारी बीच सचेतना अपनाई टिका ग्रहण गर्न नेपाल सरकारले सबैलाई आग्रह गरेको छ । सोमबार दुर्गा माताको प्रसाद स्वरूप टिका र जमरा लिने चलन छ । घटस्थापनाको दिन मकै, जौ, गहुँ लगायतका बीउको जमरा राख्ने गरिन्छ ।

सबैले आफैंले बसेको ठाउँमा टीका र आशीर्वाद लिन हामी पनि हाम्रा पाठकलाई अनुरोध गर्दछौं ।

प्रतिक्रिया