आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा ३३३६ जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा पाँच जनाले कोरोना ले ज्यान गुमाएका छन् । केही साता देखिको आज संक्रमितको संख्या केही न्यून हो । आज १२ हजार ३ सय भन्दा धेरैको पिसिआर परीक्षण गरिएको छ ।
साथै सरकारले अबको पाँच दिन कोरोना अपडेट नदिने भएको छ । विजय दशमी भएको कारणले प्रेस ब्रिफिङ बन्द गर्न लागिएको हो । आज नियमित प्रेस ब्रिफिङ नभए पनि स्वास्थ मन्त्रालयले यो जानकारी दिएको छ ।