चैत १९ मा संसद् अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका छन्।

अधिवेशनमा सरकारका विधेयकहरू प्रस्तुत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया