पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा परीक्षण गरिएकोमा ४ हजार ४ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् ।
साथै सरकारले अबको पाँच दिन कोरोना अपडेट नदिने भएको छ । विजय दशमी भएको कारणले प्रेस ब्रिफिङ बन्द गर्न लागिएको हो । आज नियमित प्रेस ब्रिफिङ नभए पनि स्वास्थ मन्त्रालयले यो जानकारी दिएको छ ।
२४ घण्टामा १७ जनाको मृत्यु भएको छ । दशैं नजिकिए संगै यो रोग गाउँ गाउँ सम्म पुग्ने चिन्ता रहेको छ ।