काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो दिइसकिएको जानकारी सार्वजनिक गरेका हुन्।
मंगलबार नयाँ दिल्लीमा आयोजित भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता जयसवालले पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालका प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निम्तो पठाइसकिएको बताएका हुन्।
यद्यपि, भ्रमणको मिति, एजेन्डा वा अन्य कार्यक्रमबारे भने भारतीय पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन। प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे दुवै देशबीच आवश्यक कूटनीतिक समन्वय जारी रहने अपेक्षा गरिएको छ।