बैंकिङ्ग प्रणालीमा करिब साढे ६६ खर्ब रुपैयाँ निक्षेप


काठमाडौं – बैंकिङ्ग प्रणालीमा करिब साढे ६६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पछिल्लो समय बैंकिङ्ग निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३४ अर्ब रूपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।  त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन १ अर्ब रुपैयाँले घटेको छ । मंसिर ८ गते ५९ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले ९ गते ५८ खर्ब ९९ अर्ब संकलन गरेका छन् । 


सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेको छ । मंसिर ८  गते ५२ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ९ गते ५२ खर्ब ९२ अर्ब रुपैयाँ प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि १ अर्बले बढेको छ । अघिल्लो दिन ४६ खर्ब ८६ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले ९ गते ४६ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । 


केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.४४  प्रतिशत रहेको छ । त्यस्तै, अन्तरबैंक ब्याजदर २.९९  प्रतिशत कायम भएको छ।
 

प्रतिक्रिया