• गृहपृष्ठ /
  • Breaking News ,
  • बिज्ञान -प्रबिधि ,
  • मुख्य खबर ,
  • सूचना/प्रविधि

आज मध्य राती बाट १८० विदेशी च्यानल बन्द हुने,यस्तो छ कारण

आज मध्य राती अर्थात् शुक्रबार राती १२ बजे देखि करिब २०० विदेशी टिभि च्यानलहरु बन्द हुने भएका छन् ।

नेपाल सरकार सूचना तथा संचार प्रविधि मन्त्रालयले विज्ञापन रहित च्यालन प्रसारण गर्नु पर्ने नियम लागू गर्ने भए पछि कार्यक्रममा विदेशी विज्ञापन बजाउने सबै च्यानल बन्द हुने छन् ।

कात्तिक ७ गते बाट यो नियम कडाइका साथ लागू गर्ने मन्त्रालयले यस अघिनै जानकारी दिई सकेको छ । क्लिन फीड लागू गर्नु अब कानुनी बाध्यता समेत रहेको छ । व्यवसायीहरु क्लिन फीड लागू गर्न तयारी स्वरूप एक वर्षको समय पाएका थिए ।

यो व्यवस्था लागू भए पछि तत्कालका लागी १८० भन्दा धेरै च्यानल बन्द हुने छन् । लाईभ समाचार दिने च्यानल, दिस्कोभरी,फुटबल र क्रिकेट देखाउने च्यानल लगायत धेरै भारतीय र बीबीसी, अलजजिरा लगायत अन्तर्राष्टिय च्यानल समेत बन्द हुने छन् ।

प्रतिक्रिया