पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण

कोरोना महामारीले पछिल्लो समय नेपाललाई आक्रान्त बनाइरहेको छ । यसैक्रममा नेकपा नेता ठूला नेताहरुमा समेत समेत कोरोना संक्रमण देखिन थालेको छ । पूर्व सञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटा लाई समेत कोरोना संक्रमण देखिएको छ ।

बास्कोटाले आज सामाजिक सञ्चाल फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् ।

बास्कोटालाई कोरोना संक्रमण भए संगै उनकी जीवनसाथीलाई पनि संक्रमण पुष्टि भएको छ । बास्कोटालाई लक्षण नदेखिए पनि उनको श्रीमतीलाई लक्षण सहितको संक्रमण देखिएको हो । साथै उनका परिवारका छोराहरुलाई भने संक्रमण देखिएको छैन ।

प्रतिक्रिया