सोमबार दोहोरो अङ्कले घट्यो नेप्सी परिसूचक,कारोबार रकम पनि घट्दो क्रममा

काठमाण्डौ - सोमबार लामो समय पछाडि दोहोरो अङ्कले बढेको नेप्से मङ्गलबार भने फेरि घटेको छ। मङ्गलबार नेप्से मात्रै घटेको छैन। कारोबार रकममा पनि गिरावट आएको छ। 

यस दिन परिसूचक १५ अङ्कभन्दा धेरैले घटेर समग्र सूचक १९६९ बिन्दुमा आएको छ। यस दिन २ अर्ब ५ करोड माथिको सेयर किन बीच भएको छ। 

कारोबार भएका २२० कम्पनीमध्ये केवल ४९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने बाँकी सबैको सेयर मूल्य घटेको छ। आज पनि गुडविल फाइनान्स कम्पनीको सेयर सबैभन्दा धेरै मूल्यको किनबेच भएको छ। 

यता सबै उपसोचकमा गिरावट आउँदा म्युचुअल फण्डको उपसूचक भने सामान्य बढेको छ। त्यस्तै बीमा समूहको उपसूचकमा सबैभन्दा धेरै दबाब परेको छ। 

त्यसको आर्थिक सूचकहरू बिस्तारै सुधार हुँदै जाँदा पनि सेयर बजार माथि जान नसक्दा लगानीकर्ताहरू भने निराश छन्। कतिपयले सेयर बजारमा हुने गतिविधिहरु ठप्प भएको र सेयर बजारको अपराधको अनुसन्धान प्रहरीले गर्ने खबरले पनि केही लगानीकर्ताहरू सजग भएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया