राष्ट्रिय सभा निर्वाचनमा मतदान सकियो

काठमाडौँ । राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । 

आजै मतदानको नतिजा प्रकासन गर्ने तयारीमा निर्वाचन आयोग रहेको छ । 

प्रतिक्रिया