काठमाडौं - विभिन्न बैंक तथा वित्तीय संस्थाले यो वर्ष बोनसमा शेयरलाई प्राथमिकता दिएको देखिएको छ । अधिकांस बैंकहरुले यो वर्ष पनि बोनस शेयर दिएका छन् । यो दौडमा सबैभन्दा अगाडि नविल बैंक रहेको छ ।
आजको दिन सम्म आइपुग्दा सूचीकृत २० वटा वाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । अघिल्लो वर्षको भन्दा यो वर्ष ९ बैंकको लाभांश दर बढेको छ
अघिल्लो आर्थिक वर्षको तुलनामा केही बैंकको लाभांश दर बढेको छ भने केहीको घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७६–७७ को तुलनामा आर्थिक वर्ष २०७७–७८ मा ९ बैंकको लाभांश दर बढेको छ भने ९ वटै बैंकको लाभांश दर घटेको छ । सिद्धार्थ र माछापुच्छ«े बैंकको लाभांश दर भने अघिल्लो वर्षकै जति नै यथावत रहेको छ । सिद्धार्थले दुवै आर्थिक वर्षमा लगानीकर्तालाई १५% लाभांश र माछापुच्छ«े बैंकले दुवै वर्ष १४% लाभांश दिएको छ ।
सबैभन्दा धेरै नबिल बैंकको लाभांश
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने मध्ये सबैभन्दा धेरै नबिल बैंकले गरेको छ । यसले लगानीकर्तालाई ३८% लाभांश घोषणा गरेको हो । अघिल्लो वर्ष नबिलले लगानीकर्तालाई ३५.२६% लाभांश दिएको थियो । त्यस्तै, हिमालयन बैंकले यो वर्ष २६% लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष यसले २०% लाभांश वितरण गरेको थियो । अरु बैंकको लाभांश दर भने २०% भन्दा कम छ । हेरौं, कुन बैंकले कति लाभांश घोषणा गरे