काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनीको लागि आकर्षक लाभांस घोषणा गरेको छ । कम्पनीले नगद र बोनस शेयरको घोषणा गरेको हो ।
आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ३१.०५% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९.५% बोनस सेयर र कर प्रयोजनार्थ १.५५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ । यस्तै, २ करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले १३% बोनस र कर तिर्न ०.६८% नगद गरी कुल १३.६८% लाभांश वितरण गरेको थियो ।