लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारी र गायिका शान्ति श्री परियारको आवाज रहेको निकै सुमधुर गीत जान्छु पियारी भर्खर मात्र सार्वजनिक भएको छ ।
अत्यन्तै उत्कृष्ट शब्द र लय सिर्जना रहेको सो गीतले घर छोडेर विदेश जाने नेपालीको कथालाई दमदार तबरले उठाएको छ । यस अगाडि पासपोर्ट हरियो बोलको गीत बाट अधिकारीको चर्चा चुलिएको थियो भने गीत समेत निकै सफल भएको थियो ।
गणेश अधिकारी कै लय तथा शब्द सिर्जना रहेको सो गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छ भने सारिका केसी र रिजन बस्यालले अभिनय गरेका छन् ।
गीतलाई Yogsana डिजिटलले बजार ब्यवस्थान गरेको छ ।