पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
कोरोना महामारीका र अन्य विविध समस्याका कारणले यस्ता घटनाहरु बढ्दै गहिरहेको प्रहरीको अनुमान छ । धनकुटाकी एक महिलाले आफूमाथि बलात्कार गर्न खोज्ने एक पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेकी छन् । महालक्ष्मी नगरपालिका की एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन् ।
मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
राति ढोका फुटाएर आफूमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले बयान दिएकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।