आज ७४ औं प्रजातन्त्र दिवस

काठमाडौं । आज ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

दिवसको अवसरमा देशभर विभिन्न औपचारीक कार्यक्रम आयोजना गरीएका छन् । प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिदै आएको छ ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया