टिकटकले घरबार बिग्रिन थाले पछि गायिका शान्ती श्री परियार “बहसको लागि अदालतमा”

पछिल्लो समय सामाजिक सञ्जाल टिक टक प्रति धेरैको ध्यानमा गइरहेको छ । लोकप्रियता संगै यसको विकृती समेत देखिन थालेको छ । यही भएर धेरै देशमा टिक टक बन्द पनि गरिएको छ ।

यस्तै सामाजिक कथा समेटेको गायिका शान्ति श्री परियारको उत्कृष्ट गीत “टिक टक बहस” भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतले समाजको वास्तविक कथालाई उत्कृष्ट रुपमा उठाएको छ । सम्पूर्ण पक्ष दमदार रहेको सो गीतमा शान्ती श्री परियार र प्रताप दास को आवाज रहेको छ । गीतलाई शान्ती श्रीले नै लय र शब्द सिर्जना गरेकी छन् ।

दीपेन्द्र तिमिल्सेनाको निर्देशन रहेको सो गीतमा विजय बराल,सुनिसा चापागाईं,सुशील पोखरेल, दिप्सन परियार लगायतका अभिनय रहेको छ ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागि

प्रतिक्रिया