काठमाण्डौ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो हप्ताका अधिकांश दिन घटेर बन्द भएको बजारले यस हप्ताको सुरुआत पनि नकारात्मक संकेतका साथ गरेको छ।
यो दिन परिसूचक २५ अंकले घटेर समग्र बजार २७०१ विन्दुमा पुगेको छ। नेप्सेका सबै सूचकहरूमा गिरावट आउँदा पनि ४ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ। उत्पादन तथा लघुवित्त उपसूचकमा सामान्य वृद्धि देखिएको छ भने विकास बैंक समूहमा सबैभन्दा ठूलो गिरावट आएको छ।
३२८ कम्पनीहरूको शेयर कारोबार हुँदा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबैको मूल्य घटेको छ। सबैभन्दा धेरै कारोबार सिएचडिसी जलविद्युत कम्पनीको शेयरमा भएको छ। कमजोर आर्थिक सूचकका बीच नयाँ सरकार आएसँगै शेयर बजारमा व्यापक उतारचढाव देखिएको छ।