साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा ठूलो गिरावट

काठमाडौँ: साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यस साता लगानीकर्ताहरूको लागि सेयर बजार त्यति सुखद हुन सकेन, किनकि अधिकांश दिन बजार घट्दा कारोबार रकम पनि निरन्तर ओरालो लागेको छ।

आज परिसूचक ३६ अंकभन्दा धेरैले घटेर २,७४९ बिन्दुमा आइपुगेको छ। कारोबार रकम पनि घटेर १२ अर्बमा सीमित भएको छ।

३२२ कम्पनीहरूको सेयर किनबेच हुँदा केवल ५३ कम्पनीहरूको मात्रै सेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ। नेप्से घटे पनि आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

उपसूचकहरूमा म्युचुअल फण्डमा सामान्य हरियाली आएको छ भने बैंक र बीमा समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। केपी ओली सरकार गठन भएपछि कारोबार रकम र नेप्सेमा एकाएक उछाल आएको थियो। अहिले भने कारोबार रकम बिस्तारै घट्दै ३० अर्बबाट १२ अर्बमा झरेको देखिन्छ।

प्रतिक्रिया