• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • शिक्षा/स्वास्थ्य ,
  • समाचार

सरकारले दियो शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति

सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरुलाई पालना गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालनको पनि अनुमति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया