पछिल्लो २४ घण्टामा दुई हजार ४४० कोरोना संक्रमित थपिए

देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ४४० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४० संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १३३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार १९१ जना र होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ३३ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

शनिबार दुई हजार १२० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो । आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया