स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क बढि लिने आठ प्रयोगशालाहरुलाई चेतावनी दिएको छ । तोकिएको शुल्क भन्दा बढि लिएर कोभिड १९ को पीसीआर परीक्षण गरिएको भन्दै यी प्रयोगशालाहरुलाई हाललाई चेतावनी दिइएको हो ।
यसैगरी यी प्रयोगशालाहरुले २४ घण्टाभित्र तोकिएको शुल्कभित्र रहेर शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण स्विकृति खारेज गरिने मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार यी प्रयोगशालाहरु ह्याम्स अस्पताल, डिकोड ल्याब, नेपाल मेडिसिटि अस्पताल, बिएण्डबि अस्पताल, इन्ट्रीपेड ल्याब, सिडिएल, स्टार अस्पताल र सुर्य हेल्थ केयर हुन् ।
कोभिड १९ को पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरुले पीसीआर परीक्षण शुल्क दुई हजार भन्दा बढि शुल्क लिन पाइनेछैन । भदौ २८ गतेको निर्णयबाट सो शुल्कभन्दा बढि लिने प्रयोगशालाहरुलाई कालोबजारी गरिएको आरोपमा प्रयोगशाला बन्द गराउने गरी गृह मन्त्रालय तथा वाणिज्य विभागलाई कारवाही गर्न लेखि पठाउने निर्णय भएको पनि मन्त्रालयका प्रवक्त डा. गौतमले बताए ।