जनरल इन्स्योरेन्स कम्पनी (GIC) को आईपीओमा तेस्रो दिन करिब ७ गुणा बढी आबेदन परेको छ । कम्पनीको आईपीओमा मंगलबार ५ बजेसम्म करिब ७ लाख लाख जनाबाट उक्त आवेदन परेको हो ।
शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार साँझ ५ बजे सम्ममा कम्पनीको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता भन्दा ७.०३ गुणा बढी हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन खुला गरेको हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।