अब कोरोना परीक्षण गर्ने व्यक्तिहरुले नतिजा सिधै आफैले नै पाउने

अब कोरोना संक्रमण परीक्षण गर्ने व्यक्तिहरुले आरटि पीसीआरको नतिजा नेगेटिभ अथवा पोजिटिभ जे आएमा आफैले नै सिधै जानकारी पाउने भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

मन्त्राालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल होम आइसोलेसनमा धेरै संक्रमित रहेकाले प्रयोगशालाले संक्रमित भएका वा नभएका पुष्टि हुने व्यक्तिलाई नै सिधै सम्पर्क गरेर नतिजा दिनुपर्ने जानकारी दिएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले त्यसपश्चात भने संक्रमितहरुसँग सम्पर्क गरी व्यवस्थापन गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ । पहिले बिरामीहरुलाई स्वास्थ्य संस्थामा आइसोलेसनमा राखिएकाले सर्वप्रथम पोजिटिभ नतिजा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने गरिएको थियो ।

देशभरका सबै प्रयोगशालाहरुलाई यस भन्दा अघि आरटी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएमा बिरामीलाई र पोजिटिभ आएमा इपिडियोमोलिजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाउने निर्णय गरिएको थियो ।

यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल काठमाडौं उपत्यका, मोरङ, चितवन र सुर्खेतमा कोभिड १९ संक्रमण उच्च देखिएकाले सर्तकता अनपाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया