पछिल्लो २४ घण्टामा १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २०७ कोरोना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका सोही अवधीमा १ हजार १४७ सोही अवधीमा संक्रमित निको भएर घर फर्किएका छन् ।
कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । ५३ हजार १३ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।