• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

केरुङ र रसुवागढी नाका खुल्यो, सामान नेपाल आउन थाल्यो

काठमाण्डौ । हिन्दूहरुको महान चाँड दशैं र तिहारमा लत्ताकपडा लगायतका सामाग्री नआउने अवस्था अन्त भएको छ ।

सरकारले चिनियाँ नाका केरुङ र रसुवागढीमा विगत केही दिनदेखि देखिएको समस्या समाधान गरेसँगै दशैंतिहारमा चिनियाँ बजारबाट सामान नेपाल भित्रिने भएको हो ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार केरुङ र रसुवागढी नाकामा केही श्रमिकहरुमा कोभिडको संक्रमण देखिएपछि त्यहाँबाट मालसामान नेपाल आउन दिइएको थिएन ।

सरकारले यो समस्या समाधानका लागि निरन्तर कुटनीतिक संवाद गरेको र समस्या समाधान भएको उनले दाबी गरे ।

‘सो समस्या समाधान भएसँगै आज पहिलो लटमा विसीजी लगायतका सामान बोकेका ढुवानीका साधन नेपालभित्र प्रवेश गरिसकेका छन् ।’ उनले भने-‘एकहप्ताभित्र सबै चिज स्मूथ्ली गर्ने गरी दुई देशबीच सहमति पनि भइसकेको छ ।’

प्रतिक्रिया