सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आसोज ६ गते आईपीओ निष्कासन अनुमति दिएको छ ।

कम्पनीले २०७७ असार १४ गते प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर बिक्री गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्ड धितोपत्र निष्कासन तथा बिक्री गर्ने अनुमति दिएसँगै कम्पनीले यहि असोजभित्रमै सर्वासधारणको लागि सेयर बिक्री खुला गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ।

हाल ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बिक्रीपछि एक अर्ब रुपैयाँ पुग्‍नेछ ।

प्रतिक्रिया