मुख्यमन्त्री राईविरुद्धको मुद्दा फिर्ता लिने महिला पेरिसडाँडाबाट पक्राउ

काठमाडौंको कोटेश्‍वरस्थित पेरिसडाँडामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयको गेटअघि धर्ना दिन पुगेकी दोलखाकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही समयअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति रहेको भन्‍दै नाता सम्बन्ध कायम गरी अंश मागसहित मुद्दा दायर गरेकी खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिएर राखिएको र कार्यक्रम सकिएपछि छाडिने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

राईविरुको प्रमाण पु‍र्‍याउन नसकेको भन्दै खड्काले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्तासमेत लिएकी थिइन् । उनले राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी छन् । अहिले पेरिसडाँडामा नेकपा सचिवालय बैठक चलिरहेको छ ।

प्रतिक्रिया