चितवनमा भर्खर - रेणु दाहाल धेरै अघि

काठमाडौं - भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् ।

हालसम्म ९४ हजार २३२ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ८०५९ को मतान्तर बनाएकी छन् ।

दाहालले ३७ हजार २७ मत पाउँदा सुवेदीले २८ हजार ९६८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९८ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत पाएकी छन् । 

प्रतिक्रिया