काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले आज असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार, हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन हुनेछ। कम्पनीले कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर निष्काशन गर्नेछ।
यस प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। सो अनुसार, जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साउन १३ गतेभित्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘IRN A- (Single A Minus)’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ।
शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक शेयरधनीहरूले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयहरू, तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि यो पूँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।
शेयर निष्काशन विवरण | |
---|---|
हकप्रद अनुपात | १०:४.२ (१० कित्तामा ४.२ कित्ता) |
निष्काशन कित्ता | 1,42,79,312.48 कित्ता |
निष्काशन मूल्य | प्रतिकित्ता १०० रुपैयाँ |
कुल रकम | १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ |
आवेदन म्याद | असार २५ – साउन १३, २०८२ |
बुकक्लोज मिति | जेठ १६ (जेठ १४ सम्म कारोबार गर्ने शेयरधनी योग्य) |
हालको चुक्ता पूँजी | ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ+ |
हकप्रदपछि चुक्ता पूँजी | ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ+ |
बिक्री प्रबन्धक | मुक्तिनाथ क्यापिटल लिमिटेड |
आवेदन स्थल | मुक्तिनाथ विकास बैंक शाखा, ALICL कार्यालय, मेरो शेयर अनलाइन |