नेकपा स्थायी कमिटीमा वरिष्ठ नेता नेपालको असन्तुष्टि : एक व्यक्ति एक मुख्य जिम्मेवारीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा असन्तुष्टि जनाएका छन् ।

खाजा ब्रेकसम्म ९ जनाले आफ्नो धारणा राखेका छन् । त्यसमध्ये वरिष्ठ नेता नेपालले एक व्यक्ति एक मुख्य जिम्मेवारीको कुरा प्रस्तावमा नसमेटिएको भन्दै असन्तुष्टि जनाए । उनले विधि बिना पार्टी सञ्चालन नहुने भन्दै अध्यक्षको प्रस्तावमा असमति जनाएका ती स्थायी कमिटी सदस्यले जानकारी दिए ।

अहिलेसम्म लिलामणि पोखरेल, घनश्याम भुषाल, देव गुरुङ, मातृका यादव, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, रघु पन्तलगायतका नेताले अध्यक्षद्वयको प्रस्तावमा आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया