काठमाडौं - पल शाह र समीक्षा अधिकारीको विवादमा सबैको तारो बनेका दुर्गेश थापालाई ब्यबसाहिक हानि हुने देखिएको छ ।
उहाँलाई महोत्सवमा नबोलाउने आयोजकले निर्णय गर्न थालेका छन् । शुक्रवार देखी अत्तरियामा महोत्सबमा उनको नाम हटाइएको छ । हशुक्रवारदेखी सुरु भएर २५ गते सम्म संचालन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।
अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा भैरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सबमा आउने कलाकारहरुको टुङ्गो लागिसकेको छ ।
तर आयोजकले यस अघि बोलाउने भनेर महोत्सबमा आउने कलाकारहरुको नाम लिष्टमा सार्बजनिक गरिएका गायक दुर्गेश थापाको नाम भने अहिले हटाएको छ ।
पल शाहको घटनामा जोडिएर विवादमा आएका दुर्गेश थापालाई नबोलाउने आयोजकले निर्णय गरेको छ । शाहको घटनामा जोडिएपछि अहिले दुर्गेश थापाको सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।