• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • शिक्षा/स्वास्थ्य ,
  • समाचार

सीटीईभीटीमा भर्ना खुल्याे, कुन विषय पढ्न कति जीपीए आवश्यक ?

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना खुलाएकाे छ । अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले असाेज १५ असोज आवेदन दिइसक्नुपर्ने सीटीईभिटीले जनाएको छ ।

काेराेना महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाट दिन सकिने व्यवस्था मिलाएकाे पनि सीटीईभीटीले जनाएकाे छ ।

प्रमाणपत्र तह वा डिप्लोमा अध्ययनका लागि आवेदन दिन माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्दछ । तर कोर्स अनुसार न्यूनत्तम प्राप्तांक भने फरक फरक तोकिएका छन् ।

https://drive.google.com/file/d/1Y083BC-km5CGTmLE8INGJcUutl1dnhca/view

 

प्रतिक्रिया