काठमाडौं । आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो ।
बिहीबार एक सूचनामार्फत आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने बताएकाे छ । तर, नयाँ लाइसेन्सका लागि परीक्षाको लागि भने अहिलेसम्म कुनै निर्णय गरिएको छैन । अरु सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहने कार्यालयले जनाएको छ ।