• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

उपत्यकामा आज बिजोर नम्बरका सवारी चलाउन पाइने

उपत्यकामा आजदेखि जोर–बिजोर प्रणालीबाट सवारी साधन चल्न थालेका छन् । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए ।

ट्राफिक प्रहरीले जोर नम्बरका सवारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान १० बजेसम्म ४ सय २६ बढी जोर नम्बरका सवारी होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जोर–बिजोर प्रणालिमा सञ्चालन हुने सवारी साधनले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ । ट्याक्सीमा चालकसहित ३ जनाभन्दा बढी बस्न पाइदैँन् । एकै परिवारका मान्छे ट्याक्सी चढेमा ५ बर्षमुनिका दुईजना बच्चालाई सँगै राख्न सकिन्छ ।

१६ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक बसमा कुल सिट क्षमताको आधा नबढ्ने गरी एक लहरमा एकजना मात्र यात्रु चढाउन सकिन्छ । बसमा सेनिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्छ । यात्रु र चालकले मास्क अनिवार्य लगाउनुपर्छ ।

जोर बिजोर प्रणाली उल्लंघन गरेमा बिहिबार निश्चित समय होल्ड गरेर चेतावनीसहित छाडिने र शुक्रबारबाट कारावाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाईने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्याक्सी र बसमा सुरक्षा मापदण्ड पुरा गरे नगरेकोबारे ट्राफिक प्रहरीले अनुगमन गर्नेछ । निजी सवारी साधनले पनि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ।

प्रतिक्रिया