Hub Solution

डिम्याट खाता नवीकरण निशुल्क हुने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रूपमा लिँदै आएको आश्वा शुल्क बढीमा ५ रुपया कायम गर्न सफल नेपाल धितोपत्र बोर्डले अब भने डिम्याट खाता नवीकरण बापतको शुल्क हटाउने तयारी गरेको छ । 

आश्वा शुल्क ५ रुपैयाँ कायम भएपछि पूर्ण निशुल्क गर्ने बैंकको संख्या समेत अहिले बढिरहेको छ । 

नेपाल धितोपत्र बोर्डले अब डिम्याट बापतमा लिँदै आएको शुल्क पनि बैंक तथा अन्य कम्पनीहरूले नि:शुल्क गराउने गरी काम भइरहेको जनाएको छ । 

बोर्डले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउन गरी निर्णय गरेको थियो। सेयरका लागि आवेदन दिँदा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सीआस्बा भनिन्छ। अब सीआस्बाबाट उठ्नेमध्ये एक रूपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रूपैयाँ सेयर बिक्री प्रबन्धकले प्राप्त गर्ने भएको छ भने बाँकी बैंकले लिनेछ।

नेपाल धितोपत्र बोर्डले भदौ ५ गतदेखि लागू हुनेगरी बैंकहरूले सी-आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेसँगै बैंकहरूले धमाधम 

प्रतिक्रिया